16 June 2012

कंक्रिटले गाँजेको काठमाण्डौ !

त्यसो त काठमाण्डौ पहिला पनि खुल्ला वा स्वच्छ सास मिल्ने सहर भने थिएन भन्दा पनि हुन्छ। त्यसमा पनि सुविधा, सुरक्षा वा सहुलियत केही नभए पनि यहाँ ओइरिने जनघनत्वमा खासै कमी नआएको र दिनदिनै बन्दै गरेका भीमकाय विशाल भवनहरूले काठमाण्डौलाई झनै गाँज्दै लगेको छ । कुनै वेला भानुभक्तले ‘अमरावती’ को संज्ञा दिएका हाम्रो राजधानी अहिले धूलो, मैलो र फोहरले मात्रै हैन्, अनियन्त्रित र बेढंगले बनाइएका संरचनाहरूका कारण झन् झन कुरूप हुँदै गइ रहेको छ ।

केही हप्ता यता कामको सिलसिलामा तीन सहर घुम्ने क्रममा १-२ वटा अग्ला भवनहरू माथि उक्लेर हेर्दा यो सहरको रूप ‘बिरूप’ भएको झन प्रस्ट भयो । आजको पोस्टमा यही अमरावती बाट अधोगती तर्फ लम्केको काठमाण्डौका केही कंक्रिट जङ्गलका तस्विरहरू:

(फोटोलाई ठूलो पारेर हेर्न कुनैपनि फोटोमा क्लिक गर्नुहोला। फोटो स्वत: ठूलो आकारमा अर्कै पेजमा खुल्नेछ )

Dilli Bazaar

(कुरूपता माथि नयाँ दाह्रा र नङ्ग्रा--डिल्लीबजार कालिकास्थान तर्फको एक दृश्य)

Dillibazaar

(हावा समेत छिर्न मुस्किल होला जस्ता संरचनाहरू—डिल्लीबजार छेउको अर्को कोण)

Soyambhu

(कंक्रिटको घना जङ्गल—स्वयम्भु माथिबाट देखिने एक दृश्य)

Yekantauna

(खाली ठाउँ त कहाँ छ र ? – एकान्तकुनाबाट हेर्दा यस्तो देखिन्छ)

Soyambhu side

(थाहा छैन यो सहरले कसरी सास फेर्छ—स्वयंम्भु माथीबाट देखिने तुवाँलोले ढाकेको दृश्य)

IMG044

(यो पनि खाली ठाउँ भने हैन है … एयरपोर्ट माथिबाट पश्चिमतर्फको विस्तार हुँदैको जङ्गल)

Chabahil

(यो खुल्ला क्षेत्र पनि कत्ति नै टिक्ला र—फैलिदैँ आएको विस्तारले अतिक्रमित धोवीखोला छेउ)

4 Comments:

Suman Dahal said...

कहिँ घर्घर ज्यवल मेसिनको
कहिँ चिरबिर गान् रसिला चरिको
अब त ठुला ठुला भवन गड्दछन् फाँटभरि
अलका पुरी कान्तिपुरी नगरी !!!!.....>>>भैरब आर्याल

दूर्जेय चेतना said...

ब्यापक शहरीकरण हुदै छ। पुर्वाधारहरु सहित ब्यबस्थित गराउन सक्नु पर्छ कसैगरि नत्र बिना योजना र सुबिधा बिना यस्तै तरिकाले बढ्ने हो भने बस्न निकै गाह्रो हुने छ यो जंगलमा। फोटोहरु सहि कोण मिलाएर लिनु भएछ यसपाली पनि..

Basanta said...

काठमाण्डौंको रोगलाई राम्ररी नियाल्न सक्नेगरी तस्बीरहरु लिनुभएको रहेछ। काठमाण्डौं वास्तवमै एउटा कुरुप शहर बनेको छ।

Jame Obama said...

Nice article
visit
Online Jobs
to learn and earn more money.

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼