02 March 2010

असीनाको आतंक

हुन त उपत्यकाको लागि असीना कुनै नौलो कुरा होईन र यहाँ प्राय: प्रत्येक वर्ष १-२ पटक असीना पर्छ पनि । तर यस पटक भने असीना असीना मात्रै नभै करिब करिब आतंक नै बनेर बर्सीयो । हिँजो साँझ ( मार्च १, २०१०) करिब सात बजेको समयमा लोडसेडीङ मनाउँदै घरमा सबैजना एउटै कोठामा बसीरहेका थीयौं, अचानक बाहिर धेरै परदेखि आकाश नै थर्कने गरी हावाहुरीको आवाज आयो ।

सबैले सोच्यौं पानी पर्दैछ । तर अचानक, घरको छत र झ्यालमा तेजसंग टक् टक् टक् को बेरीतको आबाजसंगै असीना बर्सेको थाहा भयो । करिब १० मिनेटको जोरदार वर्षा पछि हुरी बतास र असीना साम्य भयो । सिमसिम पानी भने पर्दै थियो, घर बाहिर निक्लेर हेर्दा अनौठो दृश्य देखीयो ।

बाहिर बारी, चउर, बाटो, छत सबै बाक्लो हिमपातको बेलामा जस्तै सेताम्य भएका थिए र रातमै भए पनि निकै रोमान्चक वातावरण बनेको थियो । हुन त यसले बालीनालीलाई र अन्य भौतिक पूर्वाधारहरुलाई पनि नोक्शान पुर्‍याएको होला र यसको मात्राको बारेमा मौसम विभागको जानकारी पनि हेर्नै बाँकी छ। तर मेरो आफनो कुरा गर्ने हो भने, जीवनमै यत्ती कम समयमा यत्ती बाक्लो असीना परेको कहिल्यै थाहा छैन । रातको समय र साधारण डिजिटल क्यामरा मात्रै साथ भएकोले मैले देखेजस्तै दृश्य क्यामरामा कैद भएनन् तर पनि तस्विरबाटै हेर्नुस हिँजोको असीनाको आतंक :

Lane 2  (आफ्नै घर छिर्ने बाटो—छैन त बाक्लो हिउँ परेजस्तो !)

Road (घर बाहिरको मूल सडक—गाडीहरु चलीसकेपछी पनि यस्तै थीयो)

Tiles (छिमेकीको टाएलको छाना—यो असीना आज बिहानसम्म पनि पग्लेको थिएन)

Tap (धारामा थुप्रीएर बाक्लिएको बरफजस्तो असीना)

Broken Branch (असीनाले क्षतिग्रस्त आफ्नै बारीको भिमसेनपाती)

Lane 1 (घर-कम्पाउण्ड भित्रको बाटो—असीनाले सेताम्य)

Bari (रातको समय र साधारण डिजिटल क्यामरा भएपनि बारीको दृश्य लिने एउटा कोशीस)

9 Comments:

pratiksha said...

cool pics. maiju!! really, ramailo bhayo hai 10 min. bhaye pani........

Aakar said...

हुन पनि हिजो, उत्पातै परेको थियो असिना ! फोटो मा देख्दा झनै रमाइलो लाग्यो, हिउँ नै परेको जस्तो !

Prabesh said...

यता धुलिखेलतिर पनि त्यस्तै भयो...

Basanta said...

आतंकनै भएको रहेछ!

Jotare Dhaiba said...

त्यो रात त एकछिन सम्म गोलाबारी नै भएको हो है ! जे होस् बालीनाली सखाप पारे पनि रमाइलो भो । तस्बिरहरूमा गजबले समाउनुभएछ असिनालाई ।

Chaitanya said...

ओहो, बाटो हिंड्नेहरु त असिना पसिना भए होलान, लौ मरिने भयो भनेर | बरु हिउँ बेस, हैन त !

दूर्जेय चेतना said...

आतंकनै गरेछ नि यस पाली असिनाले। असिना परेको त सुनिएको थियो तर यत्तिका धेरै भने सोचेको पनि थिईन। जानकारी मुलक फोटो लाग्यो।

दिनेश राज said...

पिटिनु पनि कति तिर बाट पिटिनु दिदी जाबो एउटा यो टाउको ।

कृष्णपक्ष said...

कठै असिना आतंकको मारमा पर्नेहरुका टाउको :) र खेतबारीमा कति पिडा भयो होला? तर जे होस् असिनाका दृश्यहरु - हेर्दा भने रमाइला लागे ।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼