03 February 2010

आउनुस पनौती मेला भरौं !!

पौराणीक कथन र किंवदन्तीहरुलाई पच्छ्याउने हो भने पनौतीको बाह्र बर्षे मेलाका पछाडि स्वर्गका राजा ईन्द्रले गौतम ऋषि पत्नी अहिल्याको सतित्व हरण गरेको र त्यसको पाप मोचनको लागी १२ सय बर्षसम्म यहाँ रही तपस्या गरेको समेतका आख्यान पाईन्छन। श्रुतीहरुमा कतै कतै पुरै पनौती नगर नै स्वर्गका राजा ईन्द्रले स्थापना गरेको भन्ने समेत पाईन्छ ।

श्रुती र कथनहरुमा जेसुकै भएपनि बाह्र बर्षमा एक पटक लाग्ने पनौतीको मकर मेलामा भने उपत्यका र देशभरबाट श्रद्धालुहरुको संख्या दिनुदिन बढ्दै गएको देखिन्छ । माघे संक्रान्तिबाट सुरु भएर पुरै माघ महिनाभर चल्ने यो मेलामा स्वस्थानी पूर्णिमा पछि भिड केही कम हुने सुनीएकोले म पनि हिजोंको दिन त्यहाँ पुगेकी थिएँ। तर त्यहाँ पुग्दा भिड घट्नुको सट्टा अझै बढ्ने नै क्रममा रहेको देखियो। आजको पोस्टमा त्यहि मकर मेलाका केही दृश्यहरु :

Entrance (झिसमिसेमा पुग्दा पनि भिड जम्मा भईसकेको थियो)

Town (मेलाको तयारीमा सजिएको पनौती)

Panauti (मेलाको रमझम)

Holy bath (मेलमा स्नान गर्दे श्रद्धालुहरु)

Pilgrims (श्रद्धालुहरुको घुँईचो)

Distance view (उचाईबाट एक झलक)

Bird's eye view (पनौती बजार)

Thank you (धन्यबाद !)

10 Comments:

Basanta said...

हामीलाई पनि पनौती मेलामा सहभागी गराउनुभयो। यसका लागि धेरै-धेरै धन्यबाद!

Unknown said...

तस्विरमा सुन्दर पनौती र पनौती मेलाको रमझम हेर्न पाउँदा रमाईलो लाग्यो ।

Anonymous said...

सुन्दर तस्बिर...

सुजन जी नेपाल जानु भएर रमाईलो भो ... अब हामीले नि नेपालको तीर्थाटन गर्न पाउने भयौं

Chaitanya said...

असाध्यै राम्रा लागे तस्बीरहरु र तिनको बर्णन पनि | मेला भरेकै भान भयो |

डीआर न्यौपाने'सूर्य' said...

टाढा भएर पनि नजिकै बाट मेलामा सरिक भएजस्तो लाग्यो मलाइ यी बलिरहेका तस्विर र तपाइको लेखाइ बाट सुजन जी । धन्यबाद ! प्रस्तुतिको लागि

Dhruba Panthi said...

बाह्र वर्षमा एकपटक लाग्ने यस्तो महत्त्वपूर्ण मेलामा सरिक हुन पाइयो, फोटोमार्फत् नै भए पनि। अलिकति पुण्य कमाइहालिन्छ कि? :)

बेदनाथ पुलामी ( उमेश) said...

सुजन जी अब "आउनुस पनौती मेला भरौं !" भनेर भनि हाल्नु भो ( किन यस्तो अवसर छुटाउने नि ! )
---- घुम फिर फेरी पटकै मन पर्दैन भन्न पनि नमिल्ने !
सुन्दर तस्विरहरु विचरण गर्दै भए पनि डुलियो मस्ति ले !

मकर मेला भने पछी मलाइ "माइ मेला" ( झापा को ) को याद आयो !

कृष्णपक्ष said...

पनौती र पुराना घर मन्दिरहरु भएको यहाँका दृश्यहरु मलाइ पनि खुब मन पर्छन, यसको आध्यात्मिक पक्ष पनि रोचक रहेछ । मकर मेलामा विचरण गराउनु भएकोमा हार्दिक धन्यवाद !

ametya said...

Holy Bath Picture i found nice among the all images above

कैलाश said...

आहा सुजन जी त्यहाँ पुग्दाभन्दा त यी तस्बीरहरु नै पो सुन्दर लागे मलाई त। त्यहाँ पुगेपछि त भीडमा आफ्नो ज्यान जोगाउँदै हिड्नैमा अभस्त हुनुपर्ने। अँ त 'खडे बाबा'को तस्बीर चाहि हेर्न पाइएन नि!

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼