16 December 2009

खोजी हिन्दी पत्रिकाको !!

भारत भन्ने बित्तीकै हामीलाई प्राय: दिल्लीको याद आउला वा सानै बेला देखि हेर्ने गरेको हिन्दी चलचित्रका कारण मुम्बई वा हिन्दी भाषाको याद आउला ।

भारत बारेको यो आम धारणा साधारण नेपालीहरुलाई भन्दा नेपालका राजनैतिक नेतामा झनै बढी देखिन्छ ।

पहिला पहिला भारतीय मिडियासंग अन्तर्वातामा मात्रै हिन्दीमा बोल्ने हाम्रा नेताहरु आजकल देशको मानाखाने उपल्लो तहको सरकारी बागडोर सम्हाल्ने सपथमा समेत हिन्दी बोल्छन ।

२००१ को तथ्याकंलाई मान्ने हो भने पुरै भारतमा हिन्दी बोल्नेको संख्या करिब ४०% को हाराहारीमा छ (लेख्न सक्नेको संख्या अझै कम हुन सक्छ)।

हिजों कामको सिलसिलामा बाहिर निस्कदाँ केही पत्रिका पसलमा आँखा गयो । यहाँक पत्रिका पसलमा प्राय: हिन्दी भाषाका पत्रिका भेटन मुश्किल हुन्छ। कुनै कुनै पसलमा भेटिए पनि एउटा भन्दा दुईवटाको आश नगरे पनि हुन्छ ।

आन्ध्र प्रदेशबाट तेलंगाना हुने क्रममा रहेको म बस्ने प्रदेशमा सामान्य बोलीचालीको लागि हिन्दी बोलेर पनि करिब करिब टर्छ भन्दा हुन्छ । तर पत्रिका वा म्यागाजिनपढ्नु छ भने चाही खोजि गर्दै हिँडनु नै पर्छ ।आजको पोष्टमा पत्रिका पसलहरुका केही झलक(खोज्नुस त तपाँईले कति वटा हिन्दी पत्रिका वा म्यागजीन भेट्नु हुन्छ यि तस्विरहरुमा ।

News papers (यहाँ प्राय: स्थानिय भाषाकै पत्रिकाहरु बढि चल्छन्)

Paper stand (यो अर्को पसलको तस्विर-- यहाँ पनि हिन्दी पत्रिका दुर्लभ वन्यजन्तु जस्तै छ)

No Hindi (हिन्दीकै म्यागजीन खोज्नु त झनै महाभारत हुन्छ)

papers and magazines (धन्न यो लहरमा त एउटा हिन्दी पत्रिका भेटियो)

15 Comments:

Yumesh Pulami said...

यो चाहि अलिक अनौठो नै भयो ? अनी अलिक फरक स्वादको पोस्ट - सुजन जी !
हुन त म - बाग्डूग्रा र जलपाईगुडी जादा त्यहा हिन्दीमा होडिंग बोर्डहरु पाउनु निकै मुस्किल भएको थियो |

Chaitanya said...

त्यै त, तराईको पहिचान बोक्ने अरु पनि सुन्दर र मौलिक भाषाहरु छंदा छंदै हाम्रा नेताहरुले हिन्दीमा नै जोड गर्नुको कारण बुझ्न गारो छ|जे होस्, नवराज्य तेलंगानाका अखबारहरु देख्न पाइयो,तपाईंलाई धन्यवाद! यी स्वेटरका धागाजस्ता घुम्रियेका कुन भाषाका अक्षरहरु हुन् ?

Unknown said...

धन्यबाद बेदनाथ जी र चैतन्य जी ।चैतन्य जी यी अक्षरहरु यहाँको स्थानिय भाषा तेलगु को हो ।

दूर्जेय चेतना said...

यो त बढो अचम्म लाग्यो है। रमाईलो त लस्करै त्यती धेरै पत्रिकामा एउटा मात्र हिन्दिको पत्रिका। हामीमा के भएको होला। जो भाषा हाम्रो हुदै हेन उसैका लागि यत्तो महाभारत। साह्रै सान्दर्भिक पोष्ट गर्नु भएछ् हाम्रा नेताहरुले पनि हेरे हुन्थ्यो, अलिक केहि बुझ्थेकी।

Anonymous said...

केही नबुझ्ने ठाउँमा बस्दा गार्हो हुंदैन? बच्चाहरुले भने लोकल भाषा पनि सिक्ने भए :)

B.J. Bantawa said...

भारतको राष्ट्रिय भाषा हिन्दी हटाउने हल्ला जी न्युज ले दिएको छ सुजन जीको यो टाँसो पढदा र हेर्दा त साँच्चीकै जस्तो लाग्यो। धन्यवाद सुजन जी टाँसोको लागी।

Anonymous said...

हामी नेपालीहरू एक अर्कामा झगडा गरे जस्तै यहाँ पनि एक प्रान्त र अर्को प्रान्त को मानिसबिच त्यति राम्रो संबन्ध छैन, धन्न म बसेको ठाउमा हामी नेपाली लाइ धेरै नै अाधार संमान दिन्छन, तर युपि, बिहार , का मानिसहरूलाइ मन पराउदैनन,
नेपालमा पनि यस्तै भयो भने के हालत होला खै ????

यहाँ हिन्दी कि त National Tv, कि त हिन्दी सिनेमा या कुनै हिन्दी सिरियल मा मात्र भेटीन्छ ।

मेरा साथिहरू म संग बोल्दा भर्खर बोल्न थालेको बच्चाले जस्तै बोल्छन, अड्किदै , नत्र यहाको हिनहिन्दी भासा यस्तो हुनछ ,

कसैलाइ कता जादै छस भनेर सोध्दा ,
क्या रे किदर जारेलाहे ,
मलाइ के थाहा तँलमइ नै थाह होला नि
मेरेको क्या पता तेरेको ही पता होगा न।

Ashesh said...

unexplored facts of India!! यसलाई ठ्याक्कै नेपालीमा ट्रान्सलेट गर्न आएन अनि गाईखाने भाषामै राखेँ है मैले । हामीले थाहा नपाएका कुरा हुन् यि भारतको वारेमा । केहिअघिसम्म पनि भारत भन्नेवित्तिकै काला अनि अनुहार नपरेका विहारीमात्र सम्झिन्थे म । हुनत अहिलेसम्म पनि दिमागमा त त्यहि impression छ । तर धेरै कुरा थाहापाईदैछ आजकाल । आज एकदमै मजा आयो यो व्लगमा पस्ता ।

HAWA said...

अरु त तेस्तै हो.. साथीहरुले हाम्रो बिहार र यु पी लाइ अलि हेपेको जस्तो लाग्यो.. जे भने नि हाम्रा छिमेकि तिनै हुन्

लेकाली said...

तस्बिरलाई वास्तबिक कट्लाइनले परिभाषित गर्नु भयो सुजन दिज्यु। यसैलाई भनिन्छ हजार शब्द बोल्नलाई एकै तस्बिर काफी हुन्छ। नेपाल भित्रकै मधेशी नेताहरुको गोबरे खप्परलाई कटु कटाक्ष गरिदिनु भयो। सिर्जना भित्रको उत्कृष्ट सिर्जन भन्न करै लाग्छ।

Anonymous said...

मैले हिन्दी भाषाबाट छापीएका पत्रिकाहरु नै देखिन ।

Dhruba Panthi said...

हावा ब्रोकै कुरमा सही थापेँ मैले पनि। हिन्दीकरण र विहारी कानूनविहिनताको विरोध गरे पनि स्वयम् हिन्दी भाषा र विहार/युपीप्रति पूर्वाग्रह नराखौँ होला।

डीआर न्यौपाने'सूर्य' said...

हुनत राष्ट्रिय हिसाबमा हेर्दा अरु भाषाले भन्दा हिन्दी भाषाले नै बढी प्राथमिकता पाउनुपर्ने हो मेरो बिचारमा । राजधानी वरपरका शहरहरुमा त यस्तो दुर्लब छ भने अरु तिर कस्तो होला ?
जे होस् सुजन जी को ब्लग बाट छिमेकी देशका धेरै कुराहरु देख्न र पढन पाइएको छ ।

Jotare Dhaiba said...

लीला अपरम्पार ! भारतकै भूमिमा हिन्दी पत्रिकाको खडेरी, नेपाली नेता मण्डलीमा चाँही हिन्दी भाषाप्रतिको आशक्ती । नौलो स्वादको पोस्ट लाग्यो यो ।
फोटोको सीमा नै छैन, जे पनि पोख्न सकिने है !

Anonymous said...

Nice to know that some other Nepali from Hyderabad blogs. I am also a nepali in Hyderabad, I do blog..........hehehhe.

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼