07 December 2009

लौ यहाँ पनि बन्द !!

म बस्ने प्रदेश (आन्ध्र प्रदेश) मा केही दिन देखी छुट्टै तेलंगाना राज्यको लागि आन्दोलन र तोडफोड चलिरहेको छ । प्रभावित क्षेत्रहरुमा स्कुल-कलेज करिब हप्ता दिन देखी बन्द छन । सायद म यता आएपछिको पहिलो “सशक्त आन्दोलन” होला यो, किनकी बिगतका तीन बर्षमा छीटपुट घटना बाहेक निषेधआज्ञा नै लागु गर्नु पर्ने गरी पुरै शहर बन्द भएको मलाई थाहा छैन ।

शहरका केही व्यस्त र प्रमुख स्थानमा केही दिन अगाडि देखी नै आगजनी, तोडफोड र मुठभेड चलीरहेकोले आवश्यक नै नपरी बाहिर ननिस्केको पनि करिब हप्ता दिन हुन लाग्यो ।

आज कार्यालयको जरुरी कामको सिलसिलामा बैंक सम्म नगै नहुने भएकोले हैदराबादको प्रमुख स्थान मानिने अबिड्स सम्म गएकी थिएँ । सार्बजनिक बस र निजी गाडीहरु सडकमा छँदै थिएनन् भने सिमीत रुपमा चलेका ‘अटो’ ले मुश्किलले मानिसहरुको भार धानेका थिए ।

तर अचम्म हुने रहेछ यहाँको चलन, बन्द भनेपछि सरकारी बैंक पनि बन्द रहेछ आज । जे होस आफू जुन कामकोलागि हिँडेको सो काम नभए पनि अत्यन्तै व्यस्त हुने र अरु दिनमा बाटो काट्नलाई दश मिनेटसम्म लाग्ने केही स्थानको तस्विर भने उतारें।

आजको पोस्टमा यिनै तस्विरहरु:

Road(हिजो बन्दको क्रममा एउटा होटेलमा आगो लगाईए पछि आज अधिकाशं पसलहरु बन्द छन् )

Bandh (अबिड्सको ब्यस्त सडक-जहाँ अरु बेला बाटो काट्न निकै हम्मे पर्थ्यो )

Bandh 1

(केही हिम्मतिला मोटरसाइकल चालकहरु)

Empty street

(अस्ति एउटा निजी बाहन जलाईएपछि बाटोमा निजी बाहन एकदम कम गुडेका छन् )

11 Comments:

Basanta said...

'परिपक्व' प्रजातन्त्र मानिने भारतको संघीयताको त यो हाल छ भने हाम्रो हतारमा, फेशनमा ल्याउन आँटिएको संघीयताले झन् के-के नमूना देखाउने होला!

HAWA said...

के हो सुजन जी, तपाई अचेल राजनीति माँ धेरै चासो लिदै हुनुहुन्छ नि ?

खुब भन्नुहुन्थ्यो नि हाम्रो प्रदेश बाट सिक्नुस भनेर.. अब सिक्नुस तपाई आफै कसरी राजनीति गर्नुपर्छ भनेर... हा हा हा

Aakar said...

बजार मात्रै बन्द जस्तो छ, गाडि त कुदिरहेकै रहेछन् ।
पर्फेक्ट भन्ने कुरा त कहिँ पनि भेट्न मुस्किल छ !

वसन्त said...

माहात्मा गान्धिले सिकाएको अवज्ञा आन्दोलन कै एउटा रूप त हो नि बन्द, हड्ताल पनि । भारतको कुनै राज्य बन्द हुँदा के पो नौलो भयो र ? बरू नेपालमा चाहिँ बन्दमा जसरी पनि सरकारी कार्यालय खोल्नुपर्ने हुन्थ्यो त्यहाँ रहेनछ । यो चाहिँ अनौठो नै हो है दिज्यू ।

Dhruba Panthi said...

यो बन्दको महीमा पनि अपरम्पार नै भयो बा!!

डीआर न्यौपाने'सूर्य' said...

राम्रो साइत हेरेर ब्लगमा प्रबेश गरियो भनेको त बन्दको बेला पो परेछ सुजना जी।
अब नेपालीको रोग त्यतातिर पनि परेजस्तो छ।
धेरै दिन पछी फोटोहरु हेर्ने मौका मिल्यो ।

बन्दमा पनि सरकारी कार्यालय बन्द ?

कृष्णपक्ष said...

यो बन्द भन्ने कुरा जहाँ पनि आन्दोलनको जल्दो बल्दो फेशन हुदै जानुमा नेपाली नेता र राजनीति क्षेत्रको कम्ति ठुलो हात छैन है

Chaitanya said...

बन्द गर्छौं भन्नेहरुलाई नै बन्द गरिदिने जुक्ति भेट्टाउन पाए कति जाती हुन्थ्यो है!

Yumesh Pulami said...

सुजन जी !
यो तपाईको पोस्ट देखेर मलाई एउटा भनाई याद आयो - crime never dies, it just changes faces .

साच्ची सही नै रहेछ - कहिले कहा कहिले कहा कुनै पनी स्वरुप मा त्यसले आफुलाई देखाई छाडी हाल्छ !
मानिसको जीवनशैली मा नराम्रो धक्का लाग्ने कुनै पनी कार्य अपराध हुन जान्छ ! यो नेपाल मा मात्र होइन अन्त पनी रहेछ भन्ने कुरा तपाइले यो पोस्ट बाट प्रष्ट पार्नु भो !

बन्द जस्तो - विकाशको गति लाइ अबरोध पुर्याउने कुनै पनी कार्य लाइ प्रोसाहन दिनु हुन्न चाहे यो गान्धिले नै किन गरेका हुन !

दूर्जेय चेतना said...

हा हा लौ तपाईले पनि चाख्न भयो बन्दको स्बाद। धेरै भएको थियो होला तपाईले पनि स्बाद लिन नपाएको बन्दको जे होस नेपालमा र तपाईको मा बन्दको तिथी एउटै परेछ। हाम्रो तिर भने बन्द गरेका छन् भन्दा पनि बुझाउनै गाह्रो। जे होस ताजा ताजा खबर नै भयो यो।

Anonymous said...

जहाँ पनि उस्तै हो । अरुलाई दुःख दिएर बस्न पल्केकाहरुको मगजमा कहाँ चेतना आउँछ र भन्या !

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼