26 November 2009

फोहरी राजनीति र सफा चुनाव !

त्यसो त भारतबाट सिक्नु नपर्ने र नहुने प्राय: सबै कुरा हामीले सिकीसकेका छौं र सिक्नु पर्ने कुरामा भने हाम्रो ध्यान कहिल्यै गएको छैन भन्दा पनि अत्युक्ति नहोला । मूल कुरा त भारत माने बिहार वा दिल्ली मान्ने सोच र खराब कुराप्रतिको भिन्न आकर्षणले पनि यस्तो भएको हुनसक्छ।

यो हप्तामा म बसेको प्रदेशमा स्थानीय चुनाव सम्पन्न भयो । चुनाव भन्ने बित्तीकै हाम्रो मानसपटलमा प्राय: घर-चोक भित्ता र नगरका पुरै पर्खाललाई मोबिल देखी लिएर थरि थरिका रंग र पर्चा पोष्टरले भर्ने राजनैतिक मेलाको झलक आउँछ । तर यहाँका चोक, गल्ली र भित्तामा कतै कुनै दल वा उमेदवारको ‘नमस्कार’ गर्दै भोट माग्दै गरेको एउटा पोष्टर समेत देखिएन । राज्यले निषेध गरेका कारण हातले बाँडने प्रचार सामाग्री बाहेक कागज र रंगले शहर फोहर पार्ने काम कतै भएन ।

हामी कहाँ पनि कमसेकम चुनावका नारा र भद्दा पर्चा पोष्टर सार्बजनिक भित्ता वा नगरवासीको घरमा टाँस्न नपाईने नीयम बनाएर लागु गरेमा हामीले पनि केही राहत पक्कै पाउँथ्यौं होला ।

अर्को कुरा,  चुनावको एक दिन अघि देखि १ दिन पछी सम्म यहाँ मदिरा र मदिराजन्य पदार्थ बेच-बिखन गर्न पनि प्रतिबन्ध गरिदोँरहेछ । हुन त मदिराले नै झगडा-लफडा वा मुठभेड गराउँछ भन्ने कुनै ठोकुवा गर्न सकिन्न तर यसकै कारणले हुने विवाद र र विवादसंगै निम्तने झगडा र तोडफोड भने न्यून हुने कुरा शान्तपूर्ण चुनाव सम्पन्न भएपछि मान्न कर लाग्यो । हुन त यहाँ पनि मदिरा निषेध हुने १ दिन अगाडि मदिरा पसलको भिड हेर्न लायक हुन्छ तर पनि कमसेकम यत्ति मात्रै गर्न सके पनि हामीकहाँ पनि व्यर्थका विवाद र जोशका झगडा घट्दैनथे कि !यो पोस्टमा यसै सम्बन्धि केहि तस्बिरहरु ।

Drum (यो देउसी माग्न होईन भोट माग्न आएका हुन)

Election (यो पनि बिहेको जन्ति होईन, भोट माग्नेको हुल हो )

Rally (चुनाब प्रसार यसरी नै भयो तर शहरका भित्ताहरु भने सफा नै रहे)

Bar(चुनाब अवधिभर झगडाको बिउ बेच्ने पसल यसरी नै बन्द रह्यो)

11 Comments:

Prabesh said...

हाम्रो देशमा पनि यसरी नै चुनाव गर्न पाए कति रमाईलो हुन्थ्यो......

Anonymous said...

संसार सबैतिर सभ्य भैसक्यो वा हुने क्रममा छ , कतै कतै बेथितिका धब्बा हुँदा हुँदै पनि तिनलाई सुधारेर पनि । तर बेथितिलाई रोमाञ्चकता मानेर तमाशा , क्रान्ति र आत्मरतिमा रमाएर असभ्यतलाई ठूलो प्राप्ति मानेर मख्ख हुने त हामी नेपाली कै नसीब बनिर हने भो, म्याडम !

दूर्जेय चेतना said...

हो त साच्चै गजबनै हो नी है। तपाईले तेसो भनिरहदा समेत बिश्वास नलाग्ने क्या। भारतमा चुनाब त्यो पनि यस्तो। तपाईले भित्तामा टासेको रंग र पोष्टरको गरिरहदा मेरो मन मा चाही घ्वनि प्रदुशणको कुरा पो आयो। पोष्टर र रगं सगै त्यो बाजा पनि नबाई दिएको भए अझ सुन्दर हुने थियो है। जे होस यो पनि ठूलो कुराहो त्यो पनि हामिले सोच्दै आएको र भोग्दै आएको भारतमा।
"यो पनि बिहेको जन्ति होईन" भनिरहदा के भारतमा बिहेको बेलामा राष्ट्रय झन्डाको प्रयोग कतै र कसै हुन्छ र सुजन जी? जान्न मन लागेर मात्र सोधेको। पोष्टको लागि धेरै धेरै धन्यवाद।

Unknown said...

दुर्जेय जी, बाजा गाजा र मानिसहरुको लस्कर देखेर मात्रै जन्ती संग दाँजेको हो। बिहेको बेलामा त झण्डा प्रयोग हुँदैन ।

Ashesh said...

सिक्नुपर्ने कुरा धेरै छन् । म पुर्ण सहमत । नराम्रा छोडेर राम्रा कुरा लिने बानी बसाल्नुपर्यो अव हामीलेपनि ।

Basanta said...

हामी आफ्ना कमजोरी र गलत कामहरुलाई "बैधता" दिन 'भारतमा पनि यस्तै हुन्छ--' भनेर खप्पीस छौं तर भारतीयहरु हामीभन्दा धेरै अगाडि गईसके। भारत ठूलो छ, यसैले सबै ठाऊँ उस्तै छैनन् तर हामीहरु भने उनीहरुका पिछडिएका ठाऊँसंगमात्रै आफूलाई दाँजेर बसेका छौं।
यत्तिको सफा चुनाव हुन सक्ने हो भने त हाम्रो देशमा साँच्चै क्रान्तिनै भएको मान्नेछु म।

Anonymous said...

I couldn't agree more with Basantaji's views here! India is not only Bihar or UP. And definitely there are so many things we can learn from India. sadly, we have learned only bad ones!

BJ Bantawa Rai said...

la ma chaahi chhakkai pare sujan jee, netaako laagi janataharu kati samma uttejit chhau ta duniyaa maa, tara netaharu...... kurai nagarau dantyakathaa jasto.

Shiva Prakash said...

राम्रो विषयवस्तु उठाउनु भो ।
nepalimanharu.com
Shiva Prakash

HAWA said...

सुजन जी ले पनि राजनीति मा हात हाल्ने सोच्नु भा जस्तो छ है एस पालि देखि..

भारत् बिबिधता भएको बिशाल देश हो.. त्येहा खोज्ने हो भने जे पनि पाइन्छ हैन त सुजन जी ;)

बिहार लाइ पनि गालि गर्नु भन्दा पहिले किन बुद्धले बिहार गरेको ठाउ आज एस्तो भो सोच्नुपर्ला कि ?

तर सुजन जी, म चाहि मदिराले झगडा-लफडा वा मुठभेड गराउँछ भनेर ठोकुवा नै गर्न सक्छु

नपत्याए एक दिन छोरि लाइ स्कूल पठाएर दिलिप जी र तपाई एक एक वोटा बोतल लिएर एकै कोठा मा अलिबेर बसेर हेर्नुस त ;)

रूक्मागत शर्मा पौडेल said...

ब्लगमा पढनीय सामग्री दिनु भएकोमा धन्यवाद।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼