05 November 2009

प्रतिस्पर्धाको यो रुप !!

केही समय पहिले सहयात्री ब्लगर आकारजीको बल्गमा एउटा पोष्ट पढेकी थिएँ । कुरा सानो जस्तो देखिए पनि नेपालका प्रिपेड मोबाईलो रिचार्च कार्ड किन्दा उपभओक्ताहरु ठगिने बारेमा थियो त्यो पोष्ट ।

केही प्रतिस्पर्धाको कमी र केही भने उपभोक्ताकै कमजोरीका कारण हामीकहाँ सानो- ठुलो जे रुपमा भएपनि उपभोक्ता ठगीने क्रम जारी छ ।

हिजों, कार्यालयबाट फर्कदैं गर्दा बाटोमा एउटा विज्ञापनमा आँखा पुग्यो र यसैलाई आजको पोष्टमा उतारेको छु ।

म नेपालमै छँदा भारतीय टेलिभीजनमा पहिलोपल्ट ६ महिनासम्म “ईनकमिङ फ्री” भएका मोबाईलका विज्ञापन देखिन्थे । पछि यहाँ आउँदा, २ बर्षे फ्री, ३ बर्षे फ्री हुँदै पाँच बर्षे र अनि “लाईफ टाईम फ्रि” सिम बिक्न थाले ।

सुरुमा करिब १५०० मा लाईफ टाईम फ्रि पाईन्थ्यो भने पछि त्यो रकम ९९९ मा झर्‍यो। त्यसपछि धेरै सम्म ४९९ मा पाईन्थ्यो ।

हालै केही टेलिकम कम्पनीले फोनको कल रेट १ सेकेण्डको १ पैसामा गणना गर्ने गरी मिनेटको हिसाबमा हैन सेकेण्डको हिसाबमा पैसा तिर्ने गरी नयाँ अफर ल्याए पछि यहाँ कम्पनीहरु बीच सिम बिकाउन झन नयाँ नयाँ तरिकाको जोड चल्दै छ ।

दसैं-तिहार ताका यहाँ एउटा सिम किन्दा अर्को फ्री र ३०० मा, २०० मा गर्दै १०० रुपैयामा समेत सिम बिके । त्यसपछि २५ रुपैयामा सिम र सो सिममा १० रुपैयाको ‘टक-टाईम” भइको लाईफ टाईम ईनकमिङ फ्रि पनि बजारमा देखीएको हो ।

तर हाल भने यस्तो विज्ञापन छ:

हेरौं अब यो भन्दा कममा जाने वा अर्कै “अफर” निकाल्ने कुनै अर्को कम्पनी पनि निक्लन्छ कि ?

Vodafone

(१ रुपैयाँमा लाईफ टाईम फ्रि सिम, त्यसमा रु १० को फ्रि टक टाईम !!!)

Sim card

(यो भन्दा पनि घट्ने ठाँउ छ होला त ?)

14 Comments:

Admin said...

हा हा बाँच्न मात्र पर्छ सुजन जी, के के देख्न पाईन्छ के के ?

Aakar said...

हाहाहा ! यस्तै हो प्रतिस्पर्धा को दुनिँया ! हुन त दशैँ तिहार ताका मेरो मोबाइल ले १०० मा ११५ रुपैँया सहित को सिम बाँडिराको थियो ।

Ashesh said...

अरू कुरामा महङ्गी थामिनसक्नु बढेपनि प्रविधिमा भने हामीले राहत पाइरहेछौ । एउटा खूसी हुने मेलो............

Anonymous said...

म बसेको ठाउमाँ त झन अचम्म हुन्छ, नेपालमा नेपाल टेलीकम को सिमको लागि लाइन लाग्नु पर्थो फम मात्र भर्न, तर यहाँ त सिम फ्रि, त्यसमा पनि टकटाइम पाइने, मेले पनि २,४ सिम लिएको छु कुनै दिन अबर मा काम अाउछ भनेर, सायद यही भरतिय टेलीकमहरूको सिकोमा नेपालमा सिमको दर घटाउछ की ??????

NKM said...

nepal ma kahile hune hola yesto pragati?
:)

It took me by surprise that, somehow, phone service in USA is not as cheap.

Prajwol said...

क्यपिटलिष्टिक फ्री मर्केट भनेको यस्तै हो कि क्या हो ? :)

लेकाली said...

क्यापिटलिस्टहरुको फ्री मार्केट नै हो प्रज्वलजी ले भने जस्तै। सकेसम्म नाफाको लागि मोलतोलाई गर्ने, बैकको रीण बढाउने र घाटामा गयो भने बैंकलाई टाट पल्टाउने। बैंक नै डुबे सर्बसाधारणको थोपा थोपा जम्मा भएको पैसा र नोकरी चट् अनी कृसिस लाग्यो भनी डँका पिट्ने।

Anonymous said...

उपभोक्तालाई किन्न र बिक्रेतालाई बेच्न सधैं हतारो हुने गर्छ ।

Shiva Prakash said...

उपभोक्ता भनेकै जनता हो जनता नठग्ने को नै छ र ?

Anonymous said...

There is intense competition in the market and Telecom sector is no exception to it. However, giving away free SIM cards or selling at cheap prices is not surprising. Once you subscribe to it, you will start paying for 'everything' and in turn, the provider will generate money. I don't think we should relate this matter to the conspiracy theories e.g. free- market of the capitalists etc (however, we can't deny its possibility in a long run). I think, India is a big market, so even a small margin have the potential to yield larger profits (we can also see the example of China in this regard). just my few cents!

Prabesh said...

हा हा हा !!! के गर्नु हाम्रो देशमा अझै ११३५ तिरेर किन्नुपर्छ । आज कान्तिपुरमा पढेको थिएँ नेपालमा कुनै पनि टेलिकम आउन सम्भव छैन अरे अहिले किनभने फ्रिक्वेन्सी नै छैन अरे । भाको एउटा मेरो मोबाइललाई पनि दुरसञ्चारले धराशायी बनाइसक्यो । हाम्रामा त कहिले हो कहिले यस्तो..........

keshav said...

when life changes in seconds, why pay in minutes? Maile pani tariff plan change gari sake ni tyasaile.

आश्मा said...

:)
गजबको प्रतिस्पर्धा!!

Unknown said...

pratispardhaa bhanda pani expired laai sell hanna ko lagi tahaina? gajaba ko posting Sujan jee kee it up.

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼