24 October 2009

स्वयम्भू, शान्ति र सौन्दर्य !!

काठमाण्डौंको भिडभाडबाट धेरै टाढा पनि नगैकन शान्तिको पनि अनुभव गर्ने हो भने मेरो मनमा प्राय: २-३ वटा ठाउँको मात्रै नाम आउँछ । ती २-३ नाममा पनि पहिलो नाम भने स्वयभूकै आउँछ ।

उचाईमा भएको, भिड कम हुने र केही रहश्यमय समेत लाग्ने यो स्थानको बारेमा धेरै लेखीई सकेका छन र त्यस बारेमा केही थपघट गर्ने स्थान पनि सायदै होला ।

यसपाला दसैंको बिदामा घर जाँदा, केही छिनकोलागि त्यहाँ पुगेको थिएँ । यो पोष्टमा उही विश्वबिख्यात स्वयम्भू वरपरका केही तस्विरहरु राख्दैछु ।

(नोट: तस्विर ठूलो पारेर हेर्न  तलका कुनै पनि तस्विरमा क्लिक गर्नु होला-तस्विर आफैं अर्को ट्याबमा खुल्ने छ)

Swayambhu (भगवान पाउको मुख्य प्रवेश द्वार)

Swayambhu (2) (शान्तिका प्रतिक गौतम बुद्भ)

Swayambhu (1) (साना चैत्यहरु)

Swayambhu (3) (तिर्थमा मूर्तिको मात्र होईन मार्गको पनि त्यतिकै महत्व हुन्छ)

Swayambhu (4)(माथि पुग्ने बेलाको ध्यानस्थ बुद्ध)

Swayambhu (5) (हारती माताको मन्दिर पछाडि बाट देखिने दृश्य)

Swayambhu (9) (स्वयम्भू माथि बाट देखिने अव्यवस्थित बस्ती—इन्द्रेणी र धरहरा खोज्ने जिम्मा तपाँईहरु कै)

Swayambhu (6) (अलिकता क्लोजअप)

Swayambhu (7)(दक्षिण-पश्चिम मोहडा बाट एक दृश्य)

Swayambhu (8) (केही वर्ष अघि चक्रपथ तर्फ स्थापना गरिएको ६७ फिट अग्लो भगवान बुद्धको प्रतिमा)

(यी तस्विरहरुमा तपाईले पहिला पहिला हेरेको भन्दा केही भिन्नता पक्कै पाउनु भयो होला। के हो त त्यो भिन्नता ?)

9 Comments:

Prabesh said...

धेरै भएछ स्वयम्भु नगएको पनि !! कस्तो फेरिएछ !!!

Aakar said...

बुद्ध को आँखा छैनन् त !

Ashesh said...

मैले त इन्द्रैणी पनि देखेँ अनि धरहरा पनि!!

Jotare Dhaiba said...

स्वयम्भू उस्तै रहेछ, अस्ती न हामी अल्लारेहरू रल्लिएको ताकाको । रमाइला लागे । हतारको यात्रामा कति ठाउँ पुग्न भ्याउनुभएछ त !

Anonymous said...

Beautiful pictures! thanks for sharing.

Unknown said...

हो त , खै त्याँहा बुद्धको आँखा ?

Basanta said...

सुन्दर तस्बीरहरु! धेरै भएको त्यहाँ नगएको, बिर्सिसकिएछ। यी तस्बीरहरुले फेरि एकचोटि त्यहाँ पु-याए। धन्यबाद!

Unknown said...

स्वयम्भूमा रंग-रोगनको काम चलि रहेकोले यसपालाको तस्विरमा भने बुद्धको आँखा छैनन् । सायद अहिले त बनिसकेको हुनुपर्छ ।

मेरो सानो प्रयाशको सकारात्मक टिप्पणीको लागि सबैमा धन्यवाद ।

Unknown said...

सुजन जी यो रियल लाईफसँग पौंठेजोरी खेल्दा खेल्दै तपाईंइको मा अैइपुग्नै ढिलो भएँ स्वयम्भुनाथको दर्शन गराई यती राम्रो तस्बिरहरु हामी माझ बाँड्नु भएको मा धन्यवाद ।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼