07 October 2009

दक्षिण भारतको दसैं

दसैं आयो, मनाईयो र सक्की पनि सक्यो । दक्षिण भारतमा दसैं खासै मनाईदैन वा अझ प्रष्ट भएर भन्दा यहाँ दसैंको कुनै रौनक नै देखिदैन भन्दा पनि फरक पर्दैन । हुन त उत्तर भारतमै पनि दसैंको रौनक पश्चिम बंगालमा ‘दुर्गा पूजा’का नामले केहि देखिए पनि हामीकहाँ जस्तो रमाईलो वातावरण भने भारतमा कतै देखेको छैन मैले ।

महा अष्टमीको दिन एकदिन पूजा गर्ने र छुट्टी मनाउने बाहेक दक्षिण भारतमा देखिने दसैं आगमनको संकेत वा चिन्ह भनेको नवरात्री सुरु हुने दिन देखि ठाउँ-ठाउँमा राखिने देवीको पाण्डाल नै हो ।

गणपति महोत्सव वा गणेश चतुर्थीको जस्तो गुणात्मक र संख्यात्मक दुबै हिसाबमा भब्य र धेरै नभए पनि नवरात्री भर यहाँका चोक चोकमा पाण्डाल खडा गरेर देवीको विभिन्न मूर्तिहरु स्थापना गरिन्छ । नवरात्रीको समापन पछि यी सबै मूर्तिहरु पनि विसर्जन गरिन्छ। आजको पोष्टमा म बस्ने ठाउँ वरिपरि नवरात्रीको समयमा राखीएका पाण्डाल र देवीका मूर्तिहरुका केही झलक:

Green Durga (यो घर नजिकैको  पाण्डालमा स्थापना गरिएको देवीको मूर्ति)

Pandal (मुर्ति स्थापना गर्न कपडा र बाँसको प्रयोग गरेर बनाईएको पाण्डाल)

Pink Durga (पाण्डाल भित्र स्थापित मुर्ति)

Red Durga (माटो बाट बनाईएको एक अस्थाई मुर्ति)

Trisul Devi (सिंह बाहिनी भगवती)

Pandal 1 (र यो अर्को झिलीमिली सजाईएको पाण्डाल)

5 Comments:

Prabesh said...

भारतीयहरू कस्तो राम्रो राम्रो मुर्ति बनाउँछन् !! काठमाण्डौमा पनि कस्तो राम्रो राम्रो मण्डप बनाएका थिए !!

Basanta said...

हाम्रो दशैं रमाईलो भएपनि अत्यधिक हिँसाले भरिएको छ। दक्षिण भारतको दशैंजस्तै हिँसारहित र बढी कलात्मक भईदिए हुन्थ्यो!

कृष्णपक्ष said...

धार्मिक आस्थालाइ कलाले सिंगार्ने यो परम्परा मानवीय सभ्यताको उत्कृष्ट नमुना हो ।

Unknown said...

हामीलाई जिबित राख्ने भनेकै यही हाम्रो परम्परा र रिती रिवाज त हुन नि, धेरै राम्रो प्रस्तुती सुजन जी धन्यवाद है।

Jotare Dhaiba said...

मूर्तीमय दसैंको रौनक पनि आफ्नै ठाउँमा उल्लसित लाग्यो । नेपालभित्र पनि तराईका जिल्लाहरुमा यस्ता आस्थायी मूर्ती स्थापना गरेर पूजा गर्ने र मेला लाग्ने प्रचलन कायम छ ।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼