11 July 2009

हरेक सालिकले केही भन्छन्।

दक्षीण भारत यस्तो ठाउँ हो, जहाँ चलचित्रमा राजनीतिको प्रभाव र राजनीतिमा चलचित्रको रंगिन दुनियाको झलक दुबै बराबर मात्रामा देख्‍न सकिन्छ ।

यहाँ बहुसंख्यक अभिनेताहरु राजनीतिमा जान्छन वा जाने तयारीमा रहेका हुन्छन भने नेताहरु पनि आफूलाई कुनै चलचित्रको अभिनेता जस्तो देखाउन लालायित हुन्छन ।

प्राय: चुनावको अगाडि प्रचार प्रसारको लागि बन्ने पर्चा पाम्पलेटमा छापिने नेताहरुका भिन्न भिन्न ‘पोज’ र ‘स्टाईल’मा खीचिएका तस्विरहरुले यहाँका नेताहरु राजनीतिको मैदानमा उत्रेका हुन कि फ्लिमी दुनियाँमा प्रतिस्पर्धा गर्दैछन लख काटन समेत हम्मे हुन्छ ।

केहि फ्लिमी दुनीयाबाट राजनीतिमा प्रवेश गरेका कलाकारहरु फ्लिमी दुनिया जस्तै राजनीतिमा पनि सफल र निकै लोकप्रिय समेत रहेका छन । त्यसोत, कलाकारलाई अत्यन्त उच्च सम्मान दिएर कुनै पनि कलाकारको मन्दिर समेत निर्माण गर्ने परम्परा पनि यहा कुनै नौलो होईन, तर पनि अभिनेताहरु यी सब सम्मानका बाबजूद समेत राजनीतिमा जान रमाउँछन। अनी ती राजनीतिज्ञका निर्माण भएका सालिकहरुमा फ्लिमी स्टाईल र पोजहरु पनि प्रष्ट देखीन सक्छ । आजको पोष्टमा यस्तै केहि सालिकका तस्विरहरु राख्दैछु:

यी सालिकहरुले के भन्न खोज्दैछन त, मलाई लागेको कुरा मैले लेखेको छु बाँकी अन्दाज गर्ने जिम्मा चाहि तपाईहरु कै !

Dr. B.R Ambedkar(1981-1956)

(Dr.B. R. Ambedkar-त्यहाँ सम्म पुग्नु छ हामी)

Sri Tanguturi Anjaiah(Former CM of A.P)

(Sri Tanguturi Anjaiah-ल, त्यसो भए दौडौं त!)

Indira Gandhi

(Indira Gandhi-पर्ख पर्ख म पनि आँउछु)

Dr. Neelam Sanjeeva Reddy ( President of India (1977-1982)

(Dr.Neelam Sanjeeva Reddy-म मात्र किन चुप लागेर बसौं)

Jawaharlal Nehru (Jawaharlal Nehru- उदेश्य के लिनु? उडी छुनु चन्द्र एक)

Babu Jagjeevan Ram (Babu Jagjeevan Ram- यात्रा त गर्नै छ लठ्ठी नै टेकेर भए पनि)

Rajiv Gandhi (Rajiv Gandhi-शुभ यात्रा)

statue (म त एक्लै परे नि!)

17 Comments:

Yumesh Pulami said...

हाह हाह ... सुजन जी , प्रतेक सालिकहरु संगै आफ्नै भाषा दिनु भएको रहेछ - यो राम्रो र नौलो लाग्यो |

Anonymous said...

wow..what a caption...!!!!! wonderful..!!.it made me laugh again and again...

thanks a lot for a perfect post..

Anonymous said...

Interesting post! good imagery.

wordflows said...

एकदमै रमाइलो सङ्ग caption राख्नुभएछ।

Jotare Dhaiba said...

गजब लाग्यो सालिकको ग्लामर ।
ठाउँमै परेको छ फोटो क्याप्सन पनि । रमाइलो लाग्यो ।

पहिलो सालिक भने ज्यानदार रहेछ, ऊर्जावान् !
सालिक-साक्षात्कारको लागि धन्यवाद भाउजूलाई ।

डीआर न्यौपाने'सूर्य' said...

रमाइलो कथामा जमेर बोलेका तस्विरहरुले निकै राम्रो दख्खल दिए सुजन जी मानसपटलमा । फोटो प्रस्तुत गर्ने तपाइको शैली तारिफयोग्ग छ ।

Unknown said...

रमाईलो लाग्यो ।

Unknown said...

बिस्तारबादी वा कुनै फुर्को लगाएर गाली गरेपनी भारत संसारको सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक हो । हामीलाई हेप्न खोजे पनि, पेले पनि मेरो बिचारमा नेपाललाई धेर-थोर सहयोग पनि पक्कै गरेको छ, भारतले । हिजोको सुख्खा ठाउँ बङ्लोर आज सर्बाधिक चर्चित आइ टि क्षेत्र कहलिएको छ । संसारका धनी देशहरुका प्राबिधिको 'रिपेयर' फोन मार्फत भारतीयहरुले गरिदिने रहेछन । हिजो पि बि नरसिङ्ह रावको पालामा अर्थमन्त्रीको कार्यभार सम्हालेका बर्तमान प्रधानमन्त्री मनमोहन सिंहको अर्थ ढाचाले आज भारत दिनानुदिन सम्रिद्ध र शक्तिशाली हुँदै गएको छ । गान्धी, नेहरु जस्ता प्रख्यात राजनीतिज्ञ मात्रै होइन रङकर्मबाट राजनीति गरेका कैयन भारतीयहरुले राष्ट्रको लागि पक्कै केही गरे र त जनताले तिनका सालीकहरु सम्झना स्वरुप सुरक्षित राखेका छन ।
फेरी, कती सुन्दर तवरले खिच्नु भएछ, सुजनजीले पनि । तर हाम्रा राष्ट्र निर्माताहरु, चाहे तिनिहरु कुनै 'बादका' ने किन नहुन, का सालीकहरु सबै ढलिसके । सबै ढालिए । महाराजगन्ज चोकको नारायणगोपालको शालिकमा उन्यू पलाएको छ । रानीपोखरि अगाडिको भानुको सालीकमा हामी पान चपाएर थुक्छौ । यस्तै छ ।
आशा छ, सुजनजी काठमान्डौ जानुभएको बखत एकदिन अबश्य उहाको क्यामेराले ति अपहेलित सालीक पनि ब्लगमा उतार्नेछन । रमाइलो फोटो र सान्दर्भिक शब्दहरुको लागि सुजनजीलाई पुन: धन्यवाद ।

Basanta said...

जीवन्त रहेछन सालीकहरु! तपाईँका क्याप्सनहरुले अझ जीवन्त बनाए। धन्यबाद!

Prajwol said...

Nice concept and presentation :)

Collection from world said...

धेरै नै राम्रो तस्बिरहरु ल्याउनु भयो सुजनजी यी तस्बिरहरुले हाम्रो इतिहाँस बोकेका छन। धन्यबाद यस्तै यस्तै अरु पनि सम्हाल्ने कोशिस गर्नु होला।

दूर्जेय चेतना said...

तपाईको राम्रा मध्य एक यो पोष्ट लाग्यो। सारै जीबन्त तस्बिरहरू संगाल्नु भएको रहेछ। सबै मुर्तिहरु ले केही न केही बोलेकै छन्। तपाईले पनि बोल्न लगाउनु भयो। यो त ईतिहास हो जो कोहीले पनि आफ्नो ईतिहासलाई जोगाउनु पर्छ। हामीकहाँ भईरहेको ईतिहास मेट्ने खेलको लागी यो चोटिलो प्रहार पनि हो।
शालिकहरु हेर्दे जादा प्राय जसो शालिकको पछाडि तिर केही अर्को बनौटहरु पनि देखे,सायद माला लगाउनको लागी बानाईएको होला। अर्को कुरा यी शालिनहरुको रंग पनि फरक फरक रहेछन्। कुनै अर्थ त पक्कै होला मैले बुझ्न सकिन।
सुन्दर तबरले फोटोहरू राख्नु भयो र अझ क्याप्सनहरुले रमाईलो पो बनाएको छ त। धेरै धेरै धन्यबाद है।

सहयात्री said...

हेरौ हेरौ लाग्ने तस्बिरहरु र अमृत मिस्रित शब्दहरु
को लागि धन्यवाद छ है सुजन जी। आउने दिनहरुमा पनि
यस्तै जानकारीमुलक प्रस्तुतिहरु पढ्न पाइयोस। शुभकामना।
बिमल गिरी

HAWA said...

सुजन जी, पहिले पनि आको थिए तपाईं को ब्लग मा तर फोटो ब्लगमा के भनु भनु भो केही पनि भनिन

सालीकहरुको कभरेज देखेपची मैले चाँही भैरव अर्याल सम्झे जस्ले भानुभक्तलाई रत्नपार्क को आफ्नै सालीक अगाडी उभिएर भन्न लगाये

"शव शालीक पुजीत हुन्छ जहाँ सिंगुलै उभीदा तर मिल्छ घ्रिणा"

फोटोग्राफी बारे मलाई तेती जानकारी त छैन तपाईंले दौतरी सँग भन्नुभा जस्तै ठुला ठुला गफ हाक्ने भन्दा आफु बसेको घुमेको ठाउबारे जानकारी दिने सैली राम्रो लाग्यो

बरु चित्र संगै एक दुई लाइनको(बढी हैन नै फेरी)परिचय पनि दिएको भए झन राम्रो पो हुन्थ्यो कि ?

प्रबिण थापा said...

Nice concept n intresting caption! haha!

Anonymous said...

सुन्दर तस्वीर

Paresh said...

क्या मज्जा आयो । साँच्चि, सालिकको अर्थ चाहिँ हुनुपर्छ । नेपालका सालिकहरुको पनि राम्रो क्याप्सन राखेर सुजनजीले राख्नु भए झन मजा हुने थियो ।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼