02 June 2009

आउनुस NTR Garden घुमौं ।

आफ्नो जमानाको अत्यन्त लोकप्रिय कलाकार र त्यसपछि राजनितिमा लागेर आन्ध्र प्रदेशको मुख्यमन्त्री समेत भएका चर्चित व्यक्तित्व NT Rama Rao को स्मृतिमा बनाईएको यो पार्क हैदराबादको मुटुमा अबस्थित हुसेन सागरको किनारमा छ।

 

100_0573 (मुख्य प्रवेश द्वार)

 

करीब ३४ एकड जमिनमा फैलिएको यो पार्कलाई, केटाकेटीको लागी क्रिडास्थल लगाएत फुर्सदको समयमा शहरवासीहरुको मनोरञ्जन केन्दरको रुपमा विकास गरीएको छ ।

100_0576 (आगन्तुक स्वागत गर्दै नन्दि )

 

आजको यो पोष्टमा यहि गार्डेनका केहि तस्वीरहरु राख्दैछु :

 

100_0581 (बाल उद्यान वरिपरिका किरा- फट्याङग्राहरु )

 

100_0582

(यो अर्को भिमकाय फट्याङग्रा  )

 

100_0587 (अनि यो फल घर )

 

100_0631 (यो चाँही जापानीज गार्डेन )

 

100_0638 (यो चाँही मुख्य बगैचा )

 

100_0642 (...र यो ‘मचान ट्रि’ )

16 Comments:

Yumesh Pulami said...

अति सुन्दर बगैचा रहेछ - मलाई त यस्तो त देख्नै नहुने डुलौ डुलौ लाग्छ | लौ सुजन जी ! नेत्र भोजन गरेर भए पनी चित बुझाइयो |

Unknown said...

Nice !

Basanta said...

निकै रमाईलो ठाऊँ होला जस्तो छ!

Aakar said...

फोटो हेर्दा घुमौँ, घुमौँ लाग्यो । सायद कुनै दिन पुगिएला कि ?
:)

Unknown said...

ओह् सुजन जी धेरै राम्रो फोटोहरु पस्कनु भयो धेरै नै राम्रो तस्बिरहरु कैद गर्नु भए छ मलाई पनि घुमौ घुमौ लाग्यो।

wordflows said...

ramro rahechha ghuma janu parne thou rahechha sayed kunai din janu parla

दूर्जेय चेतना said...

गजब अनी रमाइलो लाग्यो फोटोहरु। बेदनाथजीले भने जस्तै मलाई पनि डुल्न मन लाग्यो। अनी त्यो जापानि बगैचा नै किन रहेछ त्यँहा? कि अरु पनि देशका बगैचाका नमुनाहरु पनि थिए?

डीआर न्यौपाने'सूर्य' said...

सुन्दर पार्क अनि लोभलाग्दा दृश्यहरु । फल र किराहरु पनि हेरिरहु जस्तोगरि बनाइएका । मुख्य कुरा प्रबेश द्वार नै गजबको ।धन्यबाद सुजन जी घुमाउनु भएकोमा ।

बिमल गिरी said...

मनै लिभ्याउने कती राम्रा पार्कहरु
आहा क्या दामी रहेछ,घुमौ घुमौ लाग्यो
मलाईत सुजन जी। धन्यवाद।

Jotare Dhaiba said...

काठमाडौँको उच्चाटलाग्दो पत्थरी संसारमा रगडिएका आँखाले झ्वाट्टै ब्ब्लगको भित्तामा सजिएका बगैँचाका झलकरू देख्‍न पाएर जीवन्त हुने मौका पाए ।
फोटो ब्लग चलाउनु गाह्रो काम हो जस्तो लाग्छ, कोठामा बसेर नहुने, कतै पुग्नै र जानैपर्ने । जे होस्, जोरजाम गर्नुभएको छ ।
धन्यवाद !

Prabesh said...

प्रकृतिले नदिएका ठाउँमा पनि मान्छे कति मेहनत गरेर यस्तो राम्रो प्रकृतिप्रेमी कलाकृति बनाउँछन् !! हामी नेपाली भने भएको फेवातालमा पनि ढल मिसाउँछौँ, सगरमाथालाई डुङ्डुङी गन्हाउने बनाउँछौँ अनि बगैँचाहरू मासेर ठूलाठूला महल ठड्याउँछौँ । तपाईँले टाँस्नुभएका यी फोटाहरू समग्र हामीजस्ता प्रकृतिको सिर्जना चिन्न नसक्ने नालायकका लागि ठूलो व्यङ्ग्य हो ।

दिनेश राज said...

सुजन जी ,हामिलाई घरमै बसिबसि त्यति राम्रो ठाउ घुमाईदिनु भयो धन्यबाद । परिवार सहित घुम्न जाने हो भने रमाईलो होला जस्तो लाग्यो ।

Unknown said...

मेरो पोष्ट पढेर टिप्पणी गर्नुहुने सबै बल्गर मित्रहरुलाई धन्यबाद !!

दुर्जय जी, त्यहाँ जापानी बगैचाको नमुना मात्र थियो। अरु देशको पनि भएको भए त मैले आफ्नो क्यामरामा कैद गरी हाल्थेनि!

wordflows said...

nice photograph

Anonymous said...

Very Nice photos!

RB Ghimire said...

Very Nice photographs!

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼