21 June 2009

कंक्रिट जंगलमा हराएको सुन्दरता

केहि दिन अघिसम्म काठमाणडौको गर्मीले फेसबुक पनि तातेको थियो । साथीहरुको फेसबुकको मेसेजलाई आधार मान्ने हो भने बिगतका केहि दिन काठमाण्डौमा यो बर्षकै सबैभन्दा गर्मी रह्‍यो ।

Crowd(म बस्ने  घरको छतबाट देखिने कंक्रिट जंगल)

काठमाण्डौंमा नै तापक्रम ३३ डिग्री पुगेको बेलामा दक्षीण भारतमा पारो कति माथी चढ्यो होला सहज अनुमान गर्न सकिन्छ । मनसुन अझै राम्ररी सुरु नभैसकेकोले म बस्ने स्थानमा अझै पनि ४० डिग्रीकै आसपासमा पारो अढेको छ ।

City under clouds(यो चाँहि अलिकता हरियो भएको पट्टी क्यामरा मोडाउँदाको दृष्य)

Concrete Jungle(बादलको घुम्टो मुनि म बस्ने शहर)

गर्मीका कारण खासै काम नपरी बाहिर ननिस्कने भएकोले ब्लगमा राख्‍ने तस्बीर पनि केहि फेला नपरेपछि आफू बस्ने बिल्डिङको माथिबाट कंक्रिट जंगलको तस्विर खिच्न थाँले ।

एपार्टमेण्टको छतबाट वरिपरिको तस्विर निकाल्दै गर्दा अचानक मेरो आखाँ घर नजिकैको एउटा ढकमक्क फूलेको सुन्दर रुखमा पुग्यो ।

Flower (प्रचण्ड गर्मिमा पनि मुस्कुराएको फूलहरु)

प्रकृति आफ्नो रंगमा छपक्कै थियो । मानिसलाई सर्दी, गर्मी हिँउद बर्षातको बहाना र निहु भए पनि फूल भने आफ्नो पूर्णतामा फूलेको थियो । तापमान ४५ नै भए पनि उसले आफ्नो नियम भुलेको थिएन ।

Flower tree (टाढा भएकोले यो भन्दा बढी क्लोज अप गर्न मिलेन )

न उसलाई प्रचण्ड घामले फूल्नको लागि आलस्य दिलाएको थियो न त उग्र गर्मीले नै फक्रनबाट र सौन्दर्य छर्न रोकेको थियो ।

Sunset  (पहाड नहुने ठाँऊमा सु्र्य कंक्रिट जंगलबाट अस्ताउँदै)

13 Comments:

Unknown said...

सुन्दर तस्विरहरु । अझ तस्विरहरुमाथीको तपाईंकै टिप्पणीहरु र त्यसमा पनि ढकमक्क फुलेको रातो शिरिष (कृष्ण चुडा) प्रतिको मन पर्यो ।

Anonymous said...

Nice pictures! I was in Bodh Gaya last week where the temperature was as hot as 46 degree Celsius...
Liked the post.

wordflows said...

nice photograph. याहा त हालत खराब छ भने त्येहा झन् के होला

दूर्जेय चेतना said...

पुन: एकपटक सुन्दर तस्बिरहरु। त्यस्तो गर्मी हुदा पनि फूलहरु फूलेकै छन्। न जाडो न गर्मी कुनै कुराको असर छैन यिनीहरुलाई। सुन्दर तस्बिरहरुको लागि धेरै धेरै धन्यबाद है तपाईलाई।

Unknown said...

साह्रै गजबको तस्बिरहरु पस्कनु हुन्छ सुजन जी गर्मीमा पनि यसरी तस्बिर लिंदै हामीसामु ल्याउने कोशिस गर्नु भएको मा सुजनजी धेरै धेरै धन्यबाद।

casa da poesia said...

"sangham saranam gacchami"

कृष्णपक्ष said...

सुजनजी, सुन्दर तस्वीरहरु पस्कनु भएकोमा धन्यवाद , कंक्रिटको जंगलमा हराएको सौन्दर्य उत्कृष्ट छदैछ मलाइ त त्यो जंगल माथि खेल्ने बादलहरु र सुर्यको बिदाइ झन मन पर्यो ।

Unknown said...

Thank you all for your valuable comments.

Casa da poesia!

Welcome to my blog!.
I also visited your blog and found your latest post "THE JUST", very insightful and interesting.

I tried to leave a comment there but couldn't do so. Maybe it is disabled or I was not able to 'click' on the proper link (due to language problem).

And, yes of course:
"sangham saranam gacchami"

बुद्धं शरणं गच्छामि !
धम्मं शरणं गच्छामि !!
संघं शरणं गच्छामि !!!

Thank you all.

Basanta said...

सुन्दर तस्बीरहरु! यति हरियाली भएको सुन्दर शहरलाई कंक्रिट जंगल भन्नै मिल्दैन जस्तो लाग्यो मलाई त, तस्बीरहरु हेरेपछि। काठमाण्डु जति भद्दा शहर कुनै पनि छैन होला यो संसारमा।

शिरिषको फूलको तस्बीर साह्रै राम्रो लाग्यो मलाई पनि। अरु सबै पनि राम्रा छन्, तर यो चाहिँ एक नम्बर छ!

Jotare Dhaiba said...

कथानक तस्बिरहरूले मन चोरे ।
कङ्क्रिट जङ्गल पनि तस्बिरमा त हरियाली भन्दा कम नखुल्ने त रहेनछन् । सुन्दर तस्बिरकै लागि भए पनि ती चाहिने रहेछन् ।

Anonymous said...

अचेल भरि कंक्रिट बिना मान्छे र सभ्यताको कल्पना नि नहुने भैसकेको छ ... त्यसैले मेरो लागि रुख बिरुवा र कंक्रिटको सामन्जस्यको फोटो रोचक रह्यो... चालिस डिग्रीको तापक्रममा पनि फोटो सारै शितल देखिएको छ |

अनि Casa da poesia जी

मेरो नि संघं शरणं गच्छामि !!!

डीआर न्यौपाने'सूर्य' said...

मनमोहक तस्बिरहरु ..

प्रबिण थापा said...

nice pictures

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼