14 June 2009

ट्याङ्क वण्डको सेरोफेरो

हिजों कामको सिलसिलामा घुम्दा घुम्दै ट्याङ्क वण्डमा पुगेकी थिएँ । ट्याङ्क वण्ड याने हैदरावादको प्रसिद्ध स्थान, ट्याङ्क वण्ड मतलब हुसेन सागर संगैको सुन्दर मार्ग र ट्याङ्क बण्ड मतलब विहान यहाँको स्वास्थ सचेत वर्गको ‘मर्निङ वाक’ र साँझमा शितलताको लागी विचरण गरीने ताल छेउको बाटो ।

Tank Bund Road (हैदराबाद र सिकंन्दराबाद लाई जोड्ने ट्याङ्क वण्ड रोड—दाँया पट्टी हुसेन सागर )

ब्लगमा केहि नराखेको पनि धेरै भएकोले त्यहाको केहि फोटो क्यामरामा कैद गरी हालें र आज त्यहि तस्विरहरु बाँडदै छु ।

Artificial fall (बाटो छेउमा अबस्थित कृतिम झरना)

यो वास्तबमा हैदराबादको हुसेन सागर किनारबाट सिकंन्दराबाद जाने बाटो हो । अँ त, यहाँनेर एउटा कुरा गरी हालौं, हैदराबाद र सिकंन्दराबाद दुईवटा एकदमै नजिकका मात्रै हैन जोडिएकै सहरहरु हुन र यी दुई सहरलाई जुम्लाहा सहर पनि भनिन्छ ।(करिब करिब काठमाडौ र पाटन जस्तै )

Distance View (ट्याङ्क वण्ड रोडको एक छेऊ)

ट्याङ्क बण्ड रोडको एकापट्टी हुसेन सागर ताल पर्छ भने बाटोको अर्को पट्टीको जमिनलाई भने हरियो बगैचा वा पार्कको रुपमा बिकसित गरीएको छ । जहाँ यहाको स्थानिय भाषा,सहित्य, संगीत आदी बिभिन्न क्षेत्रमा योगदान पुर्‍याउने र ३३ जना सर्जकहरु र योद्धाहरको सालीक लहरै राखिएको छ।

Pengali  Venkayya (बाटो छेउमा अनावरण गरिएको  Pengali  Venkayya को सालिक जसले भारतको राष्ट्रिय झण्डा डिजाईन गरेका थिए।)

M-47 Patton

बाटोको छेउमा राखीएको यो M-47 Patton लडाकु ट्याङ्क पनि एउटा आकर्षणको केन्द्र रहेने गरेको छ । Tank

15 Comments:

Basanta said...

हैदराबादको अर्को एउटा सुन्दर ठाऊँको बारेमा पढ्न/तस्बीरहरु हेर्न पाईयो। धन्यबाद!

Unknown said...

अहा ! त्यो झरनाको फोटो कति राम्रो ! रुखको जराहरु राखे जस्तो छ नि ?

स्थान परिचयका साथ राम्रा राम्रा फोटोहरु बाँड्नुभएकोमा धन्यवाद !

Jotare Dhaiba said...

सँगै घुम्न गए जस्तो चित्रमय झलक आयो । ट्याङक वणड त निकै सफा लाग्यो । फोटोमा मात्ृ सफा हो कि क्या हो ?

तस्बिरहरू सुकिला छन्, भिजेर निचोरिएका रूमाल जस्ता । तस्बिरमा ब्लगको फुर्को राख्‍न थाल्नुभएछ, निकै वेश भयो ।

Unknown said...

वसन्तजी, दीपकजी प्रोत्साहनको लागि धन्यवाद।

धाइबाजी, यो ठाउँ साँच्चीकै पनि केहि सफा नै छ । तुलनात्मक रुपमा पनि दक्षीण भारत उत्तरको तुलनामा केहि सफा र सुसंस्कृत पनि लाग्छ मलाई ।

डीआर न्यौपाने'सूर्य' said...

सफा अनि सुन्दर् फोटोहरु । घुमौ घुमौ लाग्ने । फोटोमै घुमाउनू भएकोमा धन्यबाद सुजन जी ।

Unknown said...

धेरै राम्रो कलेक्सन सुजन जी र हैदराबादको सम्पुर्ण राम्रा राम्रा तस्बिरहरु तपाईं मार्फत हेर्न पाउँदा खुशी लाग्यो।

Anonymous said...

यो चाहिं एकदम ससश्त्र पोष्ट गयो ल...ट्यांक ..तोप... जे होस् रमाईलो छ ..

बिमल गिरी said...

सुजन जी,
साह्रै राम्रो टासो,हैदराबादको।
यो मनमोहक फोटोहरुले मनै
रमायो। जानकारीमुलक फोटोहरुको
लागि धन्यवाद छहै तपाईंलाई।

Jotare Dhaiba said...

जानकारीको लागि धन्यवाद ।

मिलनजीको कुराले त हँसाएर खुत्रुक्कै बनायो बा !!!
जे होस्, तस्बिरमा सबै कुरा अँटाएका छन् ।

Yumesh Pulami said...

मनमोहक सुन्दरता ले भरिएको तस्वीरहरु राखे पछि मन नपर्ने कुरै हुदैंन नि, सुजन जी !

Shiva Prakash said...

फोटोहरुको राम्रो कलेक्सन !

Unknown said...

टिप्पणीको लागि सबैलाई धन्यवाद्।।

प्रबिण थापा said...

फोटोहरु सुन्दर छन!

casa da poesia said...

"sangham saranam gacchami"

Hom B Chetri said...

Tapain ko lekhne bani ra share garne gun kahilai na rittiyosh. Thanks ra shubhakamana.
Hom

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼