07 June 2009

बादल,वृष्टि र आनन्द

हामी बस्ने स्थानमा गत केहि ह्प्ता देखी ताप-मापक पारा ४० डिग्री भन्दा माथी नै थियो। खबर कागजमा ‘मनसुन’ र ‘अर्ली मनसुन’ का धेरै कुरा भए पनि राम्ररी पानी पर्न सकेको थिएन ।

B4 rain (बर्षातको सुचना दिदै मेघ)

हुन त यहाँको यो दुई महिना विशेष गर्मी हुनेमा गनिन्छ र जुनको अन्तिम हप्ता वा जुलाईबाट बर्षातसंगै तापमान केहि कम हुने गर्छ, तैपनि आज परेको पानीले भने तापक्रमलाई ३-४ डिग्री झारेको छ।

 100_0763 (पानी पर्न थालेपछि बाहिर निस्किन सकिएन यो चाँहि झ्याल बाटै लिईएको फोटो)

आज बिहान देखी नै पानी पर्ने छाँटकाँट देखेकोले आजको ब्लगमा यहि बादल र बर्षातको तस्बिर राख्‍ने बिचार गरेर तस्विर खीच्दै थिएँ । अहिले भने मुसलधार पानी पनि परेको छ। निक्कै दिनको गर्मीले तडपीएको सहरले पनि सायद केहि राहत महशुस गरेको होला अहिले ।

तर पानी परेको यथार्थ तस्बिरमा उतार्न निक्कै गाह्रो हुने रहेछ । आकाश बाट  जतिसुकै पानि परे पनि फोटोमा भने नदेखिए पछि बर्षातको “देखिने तस्बिर” उतार्न म बाहिर निस्किएँ।

 100_0768 (यसमा त पानी परेको देखिन्छ नी !!!) 100_0769 (माथिको मा नदेखिए पनि मुसलधार बर्षात  यसमा भने पक्कै देखिएला)

Kids 2 (खुशिले रमाउँदै केटाकेटीहरु)

14 Comments:

दूर्जेय चेतना said...

आहो पानी पर्ना साथ तापक्रममा त्यत्रो फरक पर्दो रहेछ है। अनी तापक्रमको बढी तलमाथी भयो बने पनि राम्रो हुँदैन। यहाँ मेरोमा पनि १ हप्ता पुरै पानी पर्छ बनेको छ, गर्मीको बेलामा अली अली पानी नपर्ने हो भने त निकै गाह्रो पो हुन्छ त। तपाईंको पहिलो बादलको फोटो राम्रो लाग्यो,माइसन्सारले फेला पर्‍यो भने फोटोहेर्नुस् कबिता लेख्नुस् भन्ला।

Unknown said...

रमाईलो पेशकस सुजनजी, फोटोहरु हेर्दा धेरैनै खुशी लाग्यो। बर्षातका समयहरु धेरैनै प्रभाव शाली हुन्छन। धनयबाद सुजन जी।

Yumesh Pulami said...

राम्रो लाग्यो - निकै भो यस्तो मेघ गज्रिदै गरेको र कालो बादल देख्न नपाएको (रियालिटीमा - फिलिम र नेट देखि बाहेक ) ... बच्चाहरु पानीमा रुझेको देख्दा मलाई पनी पहिलाका दिनहरु याद आए - अनि कतारमा पनि पानी परे त अलिक सीतलता महसूस गर्न पाइने थियो की?

Prabesh said...

साँच्चै पानी परेको फोटोमा देखाउन एकदमै गाह्रो काम रहेछ अनि हावा चलेको पनि !!

Unknown said...

हा हा हा ....धन्यबाद !!दु्र्जेय जी मलाई त तपाँईको कुराले त निकै हाँसो पो लाग्यो । माईसन्सारले भेटेर कबिता लेख्नुस भनेछ भने कबिता पनि लेखिदिउँला नी हुन्न र ।।।

अनि बि.जे. जी, बेदनाथ जी र गफ गाफ जी लाई पनि धन्यबाद !!

Jotare Dhaiba said...

तस्बिरका झरीले त अनुभूति राम्रैसँग मर्मत गरे, लुछुप्पै भिजायो ।
त्यो वर्षात पनि आफैमा गति पर्‍यो होला,। तस्बिरमा कैद हुन पायो । नत्र अक्सर यहाँ वर्षात त भइ नै रहन्छन, कै नै मूल्य पाउँछन्।

झरी परेको क्षणलाई यो झरी नै हो है भनेर चिनिने गरी तस्बिर खिच्न गाह्रो हुने प्रसङ्ग पनि रोचक लाग्यो । म पनि 'तस्बिर-खिचुवा' मा एक हिसाबले ज्यान फालेर मन लगाएको मान्छे, झरीलाई निशानामा ताकेको छु धेरैचोटि, तर त्यहाँको झरी जस्तो सजिला गरी खुलेका कहिल्यै पाइनँ मैले मेरो खिचाइमा ।
ज्यानदार छन् यी, चौथो चाहिँ विशेष मनपर्‍यो ।

Unknown said...

अहा ! पानी पर्यो भन्दै मन खुशी हुन्छ । तपाईंले त बर्षातकै तस्विर लिएर आउनु भएछ - कस्तो रमाईलो । अनि दुर्जेयजीको कुराले त मलाई पनि हाँसो लाग्यो । माइसंसारले नभेटी नै कविता लेखिदिउँ जस्तो छ है त्यो खबरी बादलको तस्विर चैं ।

Anonymous said...

आफ्नो तिर त तापक्रम आगो भएको छ | फोटो हेरेरै भए पनि धेरै सितल भयो |

धन्यबाद है ...

wordflows said...

who says the sun shine give the happiness he never dance in the rain. i also love the rain.

Basanta said...

राम्रा लागे तस्बीरहरु!

बिमल गिरी said...

Sujan jee,
photoharu herda bada majaayo.Nayanaya photoharu blogma rakhtai januholahai.Dhanyabad.

Arjun Dungmen said...

हजुर, दुम्माली ब्लगमा "शुभकामना" शिर्षकको पोष्टमा तपाईंले आफ्ना कमेन्टस्वरुप, बिदेशी भूमीबाट प्रकाशित गरेको हाम्रो "कञ्चन साहित्य" सिर्जना र प्रकाशन प्रति शुभकामना दिनु भएको पाएँ । अत्यन्तै खुशी लाग्यो । यसको लागि म लगायत हाम्रो कञ्चन साहित्य परिवारकै तर्फबाट सुजन जी लाई पनि मुरी-मुरी धन्यवाद ! अनी यसैले गर्दा; घुम्दै फिर्दै तपाईंको "फोटो ब्लग" भित्र पनि छिर्ने "वे" बन्यो, मेरो लागि । अन्त्यमा, यो तपाईंको राम्रा-राम्रा फोटोहरुका कमेन्टस्पेशमा अन्यथा हुन गएकोमा क्षमा गर्नुहोला ।

arjun.bantawa@gmail.com

डीआर न्यौपाने'सूर्य' said...

nice photoes sujan jee . thanks for sharing it .

Unknown said...

टिप्पणी गर्ने सबै ब्लगर तथा शुभ चिन्तक साथिहरुमा हार्दिक धन्यवाद् ।
अर्जुन जी तपाईको पहिलो आगमन को लागि धन्यबाद,घुम्दै फिर्दै नै भए पनि मेरो ब्लग मा आएर ब्लग हेरिदिनु भएकोमा धन्यबाद !!
अनि दीपक जी खोई त कबिता लेख्नु भाको म चाँहि "बादल" को कबिता कहिले लेख्नु हुन्छ र पढुंमला भनेर बसेको।।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼