22 May 2009

छोरीको खेलौना संग खेल्दा

आजकल छोरीको छुट्टी चलीरहेको छ,--केटाकेटीको छुट्टी, मतलब बाबुआमाको जिम्मेबारीमा बृद्धि । कहिले कुनै पार्क त कहिले कुनै रिक्रियशन सेण्टर। फेरी आफ्नो बच्चा मात्रै हो कि सबैको यस्तै हो कुन्नी, एक पटक गएको र एक पटक हेरेको चिजमा दोश्रो पटक कुनै रुचि नै नहुने । सधैं नयाँ नयाँ को खोजी गर्ने बानी, सायद अहिलेको समयको हावा नै यस्तै होला ।

अघिल्लो हप्ता बजारमा एउटा ‘एसेम्बल ट्वाईज’ को नाममा राखिएको एउटा खेलौनामा हामी आमा-छोरीकै आँखा पर्‍यो । पेच, कीला र साना- साना धातुका टुक्राहरु जोडेर विभिन्न आकार, फरक फरक नमूना र ढाँचाहरु तयार गर्न सकिने यो खेलौनाले ‘टाईम पास’ हुन सक्ने निर्क्योल निक्ल्यो र किनियो पनि ।

100_0696 (खेलौनाको पाटपुर्जाहरु )

खेलौनामा पाँच बर्ष भन्दा माथीकोलागि भन्ने उमेर वर्ग छुट्याएको भए पनि घर ल्याएर प्याकेट खोले पछि थाहा भयो, यो खेलौनाको ‘मेकानिकल जोड-जाम’ गर्ने काम ८-१० बर्ष भन्दा मुनीको केटा-केटीलाई सायदै सम्भव होला ।

100_0702 पहिला छोरी ‘म आफैं बनाउँछु’ भनेर कस्सी, तर एकै छिन छाम-छाम, छुम-छुम गरेर सबै पूर्जाहरु छरपस्ट पारेपछि उस्को अनुहार हेर्न लाएक भएको थियो। अब त्यो भन्दा बढि समय तीनकै हातमा यो सबै कुरा छाडे, रीसको झोकमा केहि तन्तुहरुका अंग प्रत्यङग टुटने र केहि पाट पुर्जाहरुले शाहदत नै प्राप्त गर्न सक्ने सम्भाबना देखे पछि उसको खेलौना आफैं बनाईदिने बाहेक अर्को विकल्प रहेन । अनी स्कुल चलेको बेलामा होमवर्कमा ‘मद्दत’ गरेको जस्तै गरी छुट्टीको बेलामा पनि खेलौना बनाउने मद्दत गर्न अघी

 

 

 

 

( खेलौना जोडन नसकेपछिको कोप मुद्रा )

100_0689 (यो मेरो पहिलो प्रयास- हेलिकप्टर)

खेलौनाका सबै अबयबहरु भुईमा छरेर ड्रईग हेरेपछि थाहा भयो, या त, यो ५-७ बर्षे उमेर समुहको लागी बनेको खैलौना होईन। या त, प्याकेटमा जे सुकै लेखीए पनि ‘बाबु-आमाले नै बनाईदिनु पर्ने’ अघोषीत निर्देशिका पनि यसमा रहेको हुनुपर्छ।

100_0698  (अनि यो चाँहि क्रेन )

अनी शुरु गरें केहि ढाँचाहरु बनाउने उपक्रम। साँच्चै भन्ने हो भने यसमा भएका सबै ढाँचा तयार गर्न ठुलै मान्छेलाई पनि निकै समय लाग्ने रहेछ । कमसेकम ८-१० बर्ष भन्दा मुनिकाले त यसको साथै आउने ‘स्क्रु ड्राईभर’ र ‘रेञ्च’ पनि राम्ररी चलाउन सक्दैनन् ।

100_0671 ( र  यो चाँहि रेसिङ बाईक )

केहि खेलौनाहरु तयार गरीयो, तर बितेको एक हप्तामा छोरीको यो खेलौना प्रतिको आकर्षण पून ह्वात्तै घटीसकेको छ । हुन त यीनै अबयबहरु जोड-जाम गरेर  अझै निक्कै नयाँ ढाँचाहरु पनि तयार गर्न सकिन्छ तर भन्नलाई छोरीको खेलौना भने पनि बनाउन आफैंले पर्ने भएपछि उसलाई यो सबै कुरा भनेको पनि छैन :)

12 Comments:

दूर्जेय चेतना said...

छोरीको बिदाको बेला तपाईंको पनि राम्रो टाईम पास भएको रहेछ। पहिलो फोटो हेर्दा त पुर्जाहरु धेरैनै रहेछन् । अनी पुर्जाहरु हेर्दा पक्कै पनि छोरीको अनुहार निरास भए जस्तो छ। क्रेन चाँही राम्रो बन्दो रहेछ।

Aakar said...

यहाँ फोटो देख्दा त मलाई नि खेलौँ खेलौँ लागेर आयो । साँच्चै राम्रो पो देखिने रहेछ ।

Jotare Dhaiba said...

रमाइलो टाँसो । सामान्य कुरा, तर असाधारण गुह्य । केटाकेटीसँग केटाकेटी भइदिनु कति मुस्किल तर कति रमाइलो ! खेलौनाले दुईपुस्ते कसरत गराउने रहेछ, सहभागितामूलक खेल पो रहेछ क्यारे ।
अनि खेलौना लिन आमा-छोरी मात्र जानुभएको ? दाइलाई चाहिँ 'परिपक्व यात्रामै छाडिदिनुभएको हो कि क्या हो ?

wordflows said...

Sujan ji tapaile post gereko photo dekhera balapan ko yaad aayo. difference yeti matra ho ki tapaiko chori ke banauchha maile chai bigarthey. there is too many memorable things of my childhood. thankx Sujan ji

Anonymous said...

Nice post on an interesting subject! Liked it.

Anonymous said...

क्रेन र हेलीकाप्टर खतरा छ | फुच्चीले भबिश्यमा इन्जिनियर बन्ने छाँटकाँट देखाउँदै छीन ...

Unknown said...

दूर्जेयजी,

बन्न त अझै धेरै कुरा बन्छन तर के गर्ने आफैले बनाईदिनु पर्छ !

धाइबाजी,

'दाइ' त्यो दिन अन्तै काममा व्यस्त हुनुहुन्थ्यो, नत्र म भन्दा बाबासंगै बढी रमाउँछे छोरी।

wordflows जी,
"In Every Man There Is A Child" भन्छन नी, खासै भन्ने हो भने त्यो चिजहरु बनाउन मलाई पनि रमाईलो लाग्यो :)

मिलनजी,
त्यो सबै मैले नै बनाएको हो। अब इन्जिनियर पनि आफै बन्नु पर्ला जस्तो छ, हे हे । यो बास्तबमा १०‌ बर्ष भन्दा माथीको उमेर समुहले मात्रै आफैं बनाउन सक्छन होला :)

आकारजी, दिपेन्द्रजी
तपाईहरुले अमूल्य समय दिएर मेरो गन्थन पढि दिदां मलाई सधैं प्रोत्साहन मिल्छ ।

सबैलाई धन्यवाद ।

Unknown said...

अनौपचारिक गफगाफ साह्रै रमाईलो पो लाग्यो ।

Yumesh Pulami said...

राम्रो गर्नु भएको छ आफ्नो - कुराहरु यती सरल तरिकाले शेयर गर्नु भएर |

Basanta said...

यो टाँसो मेरा लागि साह्रै उपयोगी हुने भयो। छोरीलाई कुनै पनि खेलौना किनिदिनु अगाडि त्यसको जटिलताको ध्यान राख्न र उमेर सुहाऊँदो खेलौना रोज्न सचेत बनायो यसले। यस्ता कुराहरु साना लाग्छन् तर वाल-मनोविज्ञानमा नजानिँदो पाराले ठूलो धक्का लगाऊँछन्।
अनुभव बाँड्नुभएकोमा धेरै-धेरै धन्यबाद!

प्रबिण थापा said...

धन्यवाद सुजन जि! अत्यन्तै सरल रुपमा प्रस्तुत गर्नु भएको यो अनौपचारिक गन्थन साच्चै भबिश्यको लागि उपयोगि साबित हुनेछ।

NKM said...

They have similar stuff for kids who love to make and break: LEGO!

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼